काठमाडौं- आजबाट हिन्दु धर्मालम्बीहरुको विशेष चाड दसैं सुरु भएको छ। दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ मा रहेको छ।
घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
आज नवरात्रको पहिलो दिन हो। जमरा पनि आजबाटै राख्ने गरिन्छ ।