के हो ‘दीर्घ कोभिड’ ? यी हुन् भिन्न समस्या-Sutra News

के हो ‘दीर्घ कोभिड’ ? यी हुन् भिन्न समस्या

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं– ‘दीर्घ कोभिड’ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई  भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।



दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ।

अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ।

तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू ‘निरन्तरको कोभिड’ बाट ग्रस्त भएका छन्।

कोरोना संक्रमित बढ्दै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ।

दीर्घ कोभिडले ग्रस्त भएकाहरुलाई श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पर्ने बताइन्छ।

‘के प्रष्ट भइरहेको छ भने कतिपय मानिसका निम्ति कोभिड–१९ को सङ्क्रमण एउटा दीर्घकालीन रोग हो,’ अध्यन रिपोर्टमा उल्लेख छ।

दीर्घ कोभिडले ग्रस्त भएकाहरुमध्य केहीले सुरुमा नराम्रो खोकी र सास फेर्न अप्ठ्यारो भएको र त्यो अहिले चरम थकान र टाउको दुखाइ अनि मुटुको समस्या र मांसपेशीको पीडासम्म पुगेको बताएका छन् ।-बिबिसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट