जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् : भीम रावल-Sutra News

जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् : भीम रावल

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले हालको अवस्थालाई मनन गरि कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्।



विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइका बाबजुत पनि जनप्रतिनिधिले दसैं भत्ता लिएको भन्दै आलोचना भइरहेका बेला रावलको यसतो भनाइ आएको हो।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो,’ रावलले आइतबार ट्वीटरमा लेखेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्। सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’

विवेकशील नेपाली दलले महामारीका वेला सांसद र मन्त्रीलाई दसैँ भत्ता नबाड्न आग्रह गरेको छ । शनिबार विवेकशीलकी उपाध्यक्ष अजिता राईले विज्ञप्ति जारी गरी सांसद र मन्त्रीलाई भत्ता नबाड्ने आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट