सुनको भाउमा सामान्य गिरावट-Sutra News

सुनको भाउमा सामान्य गिरावट

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं–नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय कायम भएको छ।



गत शुक्रबार यसको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनेको भाउ पनि प्रतितोला दुई सयले नै घटेर प्रतितोला ९४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार यसको भाउ प्रतितोला ९४ हजार चार सय रुपैयाँ थियो। यता चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी शुक्रबार एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट