न्यूजिल्याण्डको संसदीय चुनावमा प्रधानमन्त्री जेसिन्डा विजयी-Sutra News

न्यूजिल्याण्डको संसदीय चुनावमा प्रधानमन्त्री जेसिन्डा विजयी

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं–न्यूजिल्याण्डको संसदीय चुनावमा त्यहाँकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नको पार्टीले भारी मात्रामा जीत हासिल गरेको छ।



शनिबार भएको मतदानमा जेसिन्डाको लेबर पार्टीले ४९ प्रतिशत, प्रमुख विपक्षी नेशनल पार्टीले २७ प्रतिशत, ग्रीन र एक्ट न्यूजिल्याण्ड पार्टीले ८/८ प्रतिशत मत ल्याएका छन्।

जेसिन्डाले न्युजिल्याण्डको इतिहासमा दुर्लभ बहुमत हासल गर्ने धेरैले अपेपक्षा गरेका छन्। जीतपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले भनेकी छिन्, ‘न्यूजिल्याण्डले लेबर पार्टीलाई ५० वर्षमा सबै भन्दा धेरै समर्थन दिएको छ। हामी तपाईंको समर्थनलाई हक्का रुपमा लिने छैनौं। हाम्रो पार्टी न्यूजिल्याण्डका हरेक नागरिकका लागि काम गर्ने छ।’

आर्डर्नको पार्टीलाई ६४ सिट मिल्न सक्छ जुन बहुमत हो। हरेक तीन वर्षमा हुने चुनावमा सरकार बनाउनका लागि १ सय २०सिट मध्य ६१ सिट जित्नु अनिवार्य हुन्छ।

न्यूजिल्याण्डमा सन् १९९६ मा लागू भएको नयाँ संसदीय प्रणालीपछि कुनै पनि पार्टीलाई पूर्ण बहुमत मिलेको छैन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट