काठमाडौं- गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४ सय ९९ जना निको भएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ७ सय ८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।
प्रदेशमा हालसम्म कुल ८१ हजार ५ सय १५ जनाको नमूना परीक्षण गरिएको छ।