गगन थापाकाे व्य‌ंग्य- सरकार आइसाेलेसनमा छ, संक्रमित संख्या गन्ने बाहेक केही गर्न सक्दैन-Sutra News

गगन थापाकाे व्य‌ंग्य- सरकार आइसाेलेसनमा छ, संक्रमित संख्या गन्ने बाहेक केही गर्न सक्दैन

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको पछिल्लो समयको निर्णयमाथि आपत्ति जनाउँदै प्रधानमन्त्रीमाथि व्यंग्य गरेका छन्।



आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु भन्ने सरकारको पछिल्लो निर्णय सुनाएका थिए।

निर्णयमाथि असन्तुष्टि जनताउँदै सोमबार सामाजिक सञ्जालमा थापाले हरेक दिन खुद्रा खुद्रा निर्णय गर्नुभन्दा संक्रमितको संख्या गन्नेबाहेक केही गर्न सकिन्न भनेर जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु!’

‘यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्- सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट