दसैं तिहारमा भीडभाड गर्न निषेध-Sutra News

दसैं तिहारमा भीडभाड गर्न निषेध

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं- यस वर्षको दसैंमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ।



नेपालमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दसैंलक्षित भीड, मेलापर्व सञ्चालन र मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरेको हो।

मन्दिरहरूमा नित्य पूजाबाहेक सबै खाले दर्शनमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।

बढी भाडा लिनेलाई कारबाही
यातायात व्यवसायीले यात्रुहरूबाट आफूखुसी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले त्यरी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ।

कोभिड संक्रमणको बेलामा सरकारले ५० प्रतिशतसम्म भाडा बढाएर यात्रु ओसारपसार गर्न भनेको थियो तर गत असोज ३० गतेबाट भने पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिए पनि बढी भाडा लिने गरेको गुनासो आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट