रौतहटमा कोरोबाट मृत्यु हुने संख्या ११ पुग्यो-Sutra News

रौतहटमा कोरोबाट मृत्यु हुने संख्या ११ पुग्यो

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं- रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ।



आइबार मृत्यु भएका दुई जनासहित उक्त संख्या पुगेको हो। पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ।

इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका ७ मा शव व्यवस्थापन गरेको हो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिवार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताए।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट