कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने-Sutra News

कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।



कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका देउवाले सांसदहरुको दसैं खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका सोमबार बिहान निर्देशन दिएका हुन्।

कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइका बाबजुत पनि जनप्रतिनिधिले दसैं भत्ता लिएको भन्दै आलोचना भइरहेको छ। दसैं भत्ता लिएको विषयमा सार्वजनिक रुपमा आलोचना भएपछि केही सांसदले स्वतस्फूर्त रुपमा भत्ता नलिने घोषणा गरेका छन्।

औपचारिक तहबाटै निर्देशन भत्ता नलिन निर्देशन दिनेमा भने कांग्रेस पहिलो रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट