लुम्बिनीका प्रदेश जनप्रतिनिधिले दसैं भत्ता नपाउने-Sutra News

लुम्बिनीका प्रदेश जनप्रतिनिधिले दसैं भत्ता नपाउने

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

बुटवल–लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई दशैं तिहार लगायत चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ।



मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतवार प्रेस नोट जारी गरी प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जानकारी गराएका हुन्।

विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइका बाबजुत पनि संघीय सांसदले दसैं भत्ता लिएको भन्दै आलोचना भइरहेको बेला लुम्बिनी प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च (दशैं खर्च) नलिएको पनि केसीले स्पष्ट पारेका छन्।

देशमा जनअपेक्षा अनुसार उत्तरदायी शासन व्यवस्था चाहिएको भन्दै लुम्बिनी सरकारले कोरोना संकटको बेला दशैं खर्च कसैले पनि नलिने निर्णय भएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

lumbini.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट