लोक सेवाका सबै परीक्षा र आवेदन संकलन प्रक्रिया स्थगित-Sutra News

लोक सेवाका सबै परीक्षा र आवेदन संकलन प्रक्रिया स्थगित

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं–कोभिड–१९ को कारण देखाउँदै लोक सेवा अयोगले विभिन्न सेवा तथा समूहका पूर्व निर्धातिर सबै परीक्षा र आवेदन संकलन स्थगन गरेको छ।



परीक्षार्थीमा देखिएको भय एवम् आफ्नै कर्मचारी समेत संक्रमित हुँदा परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन अप्ठ्यारो भएको भन्दै १६ कार्तिकदेखि सुरु हुने भनिएका सम्पूर्ण लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको अयोगले बताएको छ ।

त्यस्तै आयोगले नेपाल प्रशासन सेवाका सहसचिव पदका लागि २९ असोजमा सुरु गरेको विज्ञापनहरूमा दरखास्त लिने प्रकृया समेत स्थगित गरिएको जनाएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सबै परीक्षा हाललाई स्थगित गरिएको बताएको हो। त्यस्तै आयोगले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८ (१)’ निलम्बन गरिएको बताएको छ।

सर्वोच्च अदालतले २९ असोजमा उक्त बुँदा कार्यान्वनय नर्गन/नगराउन आदेश दिएको थियो। उक्त बुँदामा परीक्षाथीर्ले आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्ने र संक्रमित परीक्षार्थीले परीक्षा दिन नपाउने उल्लेख थियो।

आयोगले यसअघि २९ र ३० असोजमा सूचना प्रविधि विज्ञ पदका लागि लिन लागेको लिखित परीक्षा समेत स्थगित गरेको थियो।

सरकारले हालै स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल अपनाउँदै स्थगित सबै किसिमका परीक्षा संचालन गर्न अनुमति दिएपछि आयोगले नयाँ विज्ञापन आह्वान र यसअघि नै आवेदन लिइसकेका विषयमा परीक्षा सुचारु गर्ने प्रक्रिया थालेको थियो।

psc notice.PNG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट