सभामुखले सापकोटाले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने-Sutra News

सभामुखले सापकोटाले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले दसैं भत्ता प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सभामुख सापकोटाले सोमबार प्रेस विज्ञप्तिमार्फत् आफूलाई चाडपर्ववापत प्राप्त खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको बताएका हुन्।



विश्वव्यापी कोरोना महामारी र त्यसबाट उत्पन्न संकटका घडीमा संसद्मका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तालाई लिएर विभिन्न टिप्पणी आएका सन्दर्भमा आफ्नो ध्यानकर्षण भएको सापकोटाको भनाइ छ।

सरकारको गत वर्षको निर्णयले उपलब्ध गराउँदै आएको सुविधाका सन्दर्भमा देशको हालको संकटपूर्ण अवस्थालाई ध्यानमा राखी सत्तापक्ष तथा प्रतिपक्षी दलले गरेको सुझबुझ निर्णयप्रति सभामुख सापकोटाले धन्यवाद दिएका छन्।

देशको आर्थिक अवस्था संकटपूर्ण रहेको वर्तमान अवस्थामा यसले सरकारको कोरोना प्रकोप नियन्त्रण गर्ने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षासमेत सभामुख सापकोटाले व्यक्त गरेका छन्।

Agani Sapkota Press release.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट