दसैं भत्ता खारेज गर्न जसपाको माग, खारेज नगरे जसपा सांसदले नलिने-Sutra News

दसैं भत्ता खारेज गर्न जसपाको माग, खारेज नगरे जसपा सांसदले नलिने

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)ले जनप्रतिनिधिले पाउने दसैं भत्ता खारेज गर्न माग गरेको छ। सामेबारदेखि सुरु भएको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले दसैं भत्ता खारेज गरेर कोभिड–१९ पीडितलाई राहत दिन माग गरेको हो।



भोलिसम्म चल्ने बैठकले दसैं भत्ता खारेज नगरे सबै जसपा सांसदले भत्ता नलिने निर्णय गरेको हो। दसैं भत्ता लिएको विषयमा सार्वजनिक रुपमा आलोचना भएपछि केही सांसदले स्वतस्फूर्त रुपमा भत्ता नलिने घोषणा गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका देउवाले सांसदहरुको दसैं खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका सोमबार बिहान निर्देशन दिएका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने यस सम्बन्धमा अहिलेसम्म कुनै औपचारिक निर्णय गरेको छैन्। नेकपाका सांसदहरु भीम रावल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वृन्दा पाण्डे लगायतले दसैं भत्ता नलिने घोषणा गरेका छन्।

विवेकशील नेपाली दलले महामारीका वेला सांसद र मन्त्रीलाई दसैँ भत्ता नबाड्न आग्रह गरेको छ । शनिबार विवेकशीलकी उपाध्यक्ष अजिता राईले विज्ञप्ति जारी गरी सांसद र मन्त्रीलाई भत्ता नबाड्ने आह्वान गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट