काठमाडौं- रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मंगलबार बिहान कोरोना अस्पताल बुटवलमा उपचारको क्रममा ४१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विषणु गौतमले जानकारी दिए।
सोमबार कोरोना पुष्टि भएर अस्पताल भर्ना भएकी मृतक महिला दीर्घरोगी थिइन् ।
रुपन्देहीमा अब मृतक संख्या ५१ पुगेको छ।