कक्षा ११मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन मन्त्रालयको निर्देशन-Sutra News

कक्षा ११मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन मन्त्रालयको निर्देशन

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं- कक्षा ११मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन विद्यालयहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ।



विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार शैक्षिक वर्ष २०७७ देखि सबै विद्यालयहरूमा नयाँ पाठ्यक्रम लागू गरिएको थियो । केही विद्यालयहरूले भने पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गराउने भन्दै विद्यार्थीहरू भर्ना गराइरहेको पाइएपछि मन्त्रालयले विज्ञप्ति मार्फत् सोमबार उक्त सूचना जारी गरेको हो।

मन्त्रालयका उपसचिव विदुरराज गिरीद्वारा जारी विज्ञप्तिमा सबै अभिभावक तथा विद्यार्थीहरूलाई नयाँ पाठ्यक्रमअनुसार पठनपाठन भए नभएको जानकरी लिएर मात्र भर्ना गर्न अनुरोध गरिएको छ।

नयाँ पाठ्यक्रम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन र आवश्यक निर्देशन स्थानीय तहरूलाई समेत मन्त्रालयले आग्रह गरेको छ।

siksha.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट