कोरोना संक्रमित सांसद पालको स्वास्थ्यमा सुधार-Sutra News

कोरोना संक्रमित सांसद पालको स्वास्थ्यमा सुधार

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं- संसदको महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।



कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर बनको पाललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

सांसद पालले आफूलाई आजबाट श्वास फेर्न सजिलो भएको बताएकी छन्। बिहान सामाजिक सञ्जालमार्फत् श्वास फेर्न सजिलो भएको र छातिको इन्फेक्सन घटेको उनले जानकारी गराइन्। ‘मेरा सम्पूर्ण शुभचिन्तक ज्यूहरूलाई अवगत गराउँछु, हजुरहरुकाे माया सद्भाव आशिर्वादले डाक्टर लगायत स्वास्थकाे टिमकाे अहाेरात्र मेहनतका कारण आज सास फेर्न पनि सजिलाे भएकाे छ। छातिकाे इन्फेक्सन पनि घटेकाे छ,’ उनले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘हिजाेसम्म भेन्टिलेटरमा राखेर उपचार गराइरहनु भएकाे थियाे। हिजाे रातिबाट भेन्टिभेन्टिलेटर पनि हटाएर आज सम्भवत आइसियुबाट अर्काे रुममा सिफ्ट गर्ने जानकारी उपचारमा संंगलग्न डाक्टरले गराउजु भयकाे छ ।’

सांसद पाल केही दिनअघि दसैं मनाउन आफ्नो घर महेन्द्रनगर पुगेकी थिइन्। उनलाई घर पुगेकी दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट