थप ३०९३ लाई कारोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै १७०२ संक्रमित-Sutra News

थप ३०९३ लाई कारोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै १७०२ संक्रमित

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्।



योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा १५हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गर्दा यस्तो नजिता आएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार १ सय ८ जना कोरोनामुक्त भएका छन्। हालसम्म ९६ हजार ६ सय ९ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ सय ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट