कर्णाली प्रदेशबारे ओली–प्रचण्डबीच ४ बुँदे सहमति, मुख्य मन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने-Sutra News

कर्णाली प्रदेशबारे ओली–प्रचण्डबीच ४ बुँदे सहमति, मुख्य मन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं–कर्णाली प्रदेशको विवाद सल्टाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अका अध्यक्षद्वयबीच ४ बुँदे सहमति भएको छ। मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटघाटमा यस्तो सहमति भएको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जारी गरेको प्रेस नोट अनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको छ।

त्यस्तै प्रमुख सचेतकमा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति भएको छ।

र, अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट