सरकार दायित्वबाट पन्छिएको भन्दै ‘विप्लव’द्वारा देशव्यापी संघर्षको घोषणा-Sutra News

सरकार दायित्वबाट पन्छिएको भन्दै ‘विप्लव’द्वारा देशव्यापी संघर्षको घोषणा

बुधबार, ५ कार्तिक २०७७

बुधबार, ५ कार्तिक २०७७

काठमाडाैं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ। कोरोना महामारीबाट जनतालाई राहत दिनुको सट्टा न्यूनतम दायित्वबाट सरकार पन्छिने कार्य गरेको भन्दै त्यसविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो।



सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका महासचिव विप्लवले बिहीबार विज्ञप्तिमार्फत् संघर्षका विशेष कार्यक्रम घोषणा गरे। कार्यक्रमअन्तरगत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस गर्ने उल्लेख छ ।

‘आम नागरिकलाई नि:शुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर’ लगायतका नारासहित विजय जुलुस गर्ने विज्ञप्तिमा उल्लेख छ। 

biplav.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट