कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति-Sutra News

कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति

शुक्रबार, ७ कार्तिक २०७७

शुक्रबार, ७ कार्तिक २०७७

एजेन्सी । कोरोना संक्रमितको उपचारका लागि एन्टिभाइरल औषधि रेम्डिसिभिरको प्रयोगका लागि अमेरिकाले पूर्ण स्वीकृति दिएको छ ।



विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले संक्रमितको उपचारमा रेम्डिसिभिरको प्रभावकारिता कम रहेको बताइरहँदा अमेरिकाले भने सोही औषधिको प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएपछि रेम्डिसिभिर प्रयोगमा पूर्ण स्वीकृति दिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेम्डिसिभिरसहितका औषधि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट