मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगार-Sutra News

मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगार

शुक्रबार, ७ कार्तिक २०७७

शुक्रबार, ७ कार्तिक २०७७

काठमाडौं । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन् । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन् ।



नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको मेयर रोजगार कार्यक्रममार्फत ६ महिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको थियो । नगरपालिकामा रहेका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

आर्थिक २०७६/०७७ को नीति तथा कार्यक्रममै बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएको थियो । मेयर रोजगार कार्यक्रममार्फत बेरोजगारलाई जीवनोपयोगी सीप सिकाएर रोजगारी प्रदान गरिने नगपालिकाले जनाएको थियो । उक्त कार्यक्रममार्फत नगरपालिकाका १० वटै वडाका एक/एक बेरोजगार युवालाई पहिलो चरणमा छ महिने तालिम प्रदान गरिएको नगर प्रमुख कान्तिका सेजुवालले जानकारी दिए ।

तालिम समापन अवसरमा नगर प्रमुख सेजुवालले नगरपालिकामा अब कोही पनि बेरोजगार नबस्ने बताए । उनका अनुसार मेयर रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम प्रदान गरिएको जानकारी दिए । तालिम अवधिभर सिकेको सीपलाइ व्यवहारमा उर्तान उहाँले आग्रह गरे ।

बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको भन्दै तालिम लिएका १० युवालाई नगरपालिकाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिद गरी उपलब्ध गराएको छ । जुम्ला बजारमा बाह्य देश तथा जिल्लाका जनशक्तिले मोटरसाइकल मर्मतमा बजार जमाएको भन्दै उनले स्थानीय युवालाई लक्षित गर्दै पहिलो चरणमा तालिमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट