गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण-Sutra News

गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण

शुक्रबार, ७ कार्तिक २०७७

शुक्रबार, ७ कार्तिक २०७७

गण्डकी । गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई/दुई, पर्वत, कास्की र स्याङ्जाका एक/एकजना छन् ।

संक्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट