‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने-Sutra News

‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

एजेन्सी । रुसले बनाएको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।



भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । यो परीक्षण दोस्रो चरणको हुनेछ । स्पतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि तेस्रो चरणको परीक्षण गरिने बताइएको हो ।

भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा।रेड्डीज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत हप्तामात्र अनुमति पाएको बताइएको थियो । सोही अनुरुप तयारी भएको हो । तर, त्यो परीक्षणको समयको समयको बारेमा भने अहिले नै निश्चित भएको छैन । अधिकारीहरुले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन् ।

भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने बताइएको छ । भारतमा सो खोपको परीक्षण गर्न अनुमति पाएको डा।रेड्डीज ल्याबरेटोरिजले बताएअनुसार यहाँ अबका केही दिनमा एक सय जनामा यो दोस्रो चरणको परीक्षण गरिने छ ।

तेस्रो चरणको परीक्षण भने एक हजार ४०० जनामा गरिने पनि बताइएको छ । यसको दोस्रो चरणको परीक्षण पछि विज्ञहरुले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् । त्यसपछि मात्र तेस्रो चरणको परीक्षण गरिने सो कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट