कोरोनाबाट जोगिएर दशैँ मनाऔँ: मुख्यमन्त्री भट्ट-Sutra News

कोरोनाबाट जोगिएर दशैँ मनाऔँ: मुख्यमन्त्री भट्ट

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । राष्ट्रिय समाचार समितिमार्फत् मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन् ।



दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गरेका छन् । 

मुख्यमन्त्री भट्टले भने, ‘स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ ।’

उनले भने ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिएका छन् । मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट