चर्च भवन भत्कियो, २२ को मृत्यु-Sutra News

चर्च भवन भत्कियो, २२ को मृत्यु

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

एजेन्सी । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।



भत्कीएको भवन छ तले रहेको थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट