अचानक प्यारालाइसिसको लक्षण देखिएपछि सांसदलाई हेलिकोप्टरमा काठमाडौं लगियो-Sutra News

अचानक प्यारालाइसिसको लक्षण देखिएपछि सांसदलाई हेलिकोप्टरमा काठमाडौं लगियो

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

सर्लाही- राष्ट्रियसभाका सांसद राधेश्याम पासवानलाई अचानक प्यारालाइसिसको लक्षण देखिएपछि शनिबार हेलिकोप्टरमा गृहजिल्ला सर्लाहीबाट उपचारार्थ काठमाडौं लगिएको छ ।



उनको बयोधा अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित घरमा कपडा लगाउन थाल्दा दिउँसो साढे १२ बजेतिर पासवान अचानक लडेका थिए।

लडेपछि उनको बायाँतर्फको भाग नचलेको सोही वडाका वडाध्यक्ष किरण पासवानले जानकारी दिए ।  ‘रक्तचाप बढेर अचानक लड्नु भएकोजस्तो छ,’ सांसद राधेश्यामलाई सँगै काठमाडौं लिएर गएका वडाध्यक्ष पासवानले भने, ‘तत्कालै हेलिकोप्टर झिकाएर अपरान्ह चारबजे काठमाडौं ल्याएर बयोधा अस्पतालमा उपचार भइरहेको छ ।’ 

राधेश्याम नेकपाबाट राष्ट्रियसभा सांसद हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट