कर्णाली सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने-Sutra News

कर्णाली सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

कर्णाली- कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।



सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिरहेका बेला प्रदेश सरकारले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो । 

मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट