ब्रुनेईका राजकुमार अजिमको निधन-Sutra News

ब्रुनेईका राजकुमार अजिमको निधन

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

एजेन्सी । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उनी ३८ वर्षको थिए । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र थिए ।



सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट