रियल मड्रिडका सामु बार्सिलोना निरीह-Sutra News

रियल मड्रिडका सामु बार्सिलोना निरीह

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

एजेन्सी– एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ । क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।



रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एकरएक गोल गरे ।बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।

खेलको ६३औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोस चुकेनन् ।

त्यसपछि खेलको ९०औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १३ अंक जोडेको छ । रियलको यो चौंथो जित हो ।

हारसँगै बार्सिलोना ५ खेलमा ७ अंकसहित दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट