एम्बाप्पे गोलमा पीएसजीको शानदार जित-Sutra News

एम्बाप्पे गोलमा पीएसजीको शानदार जित

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित हात पारेको छ । इटालियन फरवार्ड मोइस किन र केलियन एम्बाप्पेले समान दुई गोल गरेपछि फ्रान्सेली लिगको पुछारमा रहेको डिजोन ४–० ले पराजित भयो ।



शनिबारको खेलमा किनले पीएसजीबाट आफ्नो पहिलो र दोस्रो गोल गरेका हुन् । उनले बाकेरको सहयोगमा तेस्रो मिनेटमा नै गोल गरी टिमलाई अग्रता दिलाएकोमा २३औँ मिनेटमा नेयमारको सहयोगमा दोस्रो गोल गरे ।

८२औँ मिनेटमा नेयमारकै पासमा गोल गरेका एमबाप्पेले सराबियाको सहयोगमा ८८औँ मिनेटेमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । जितपछि शीर्ष स्थानमा पुगेको पीएसजीको ८ खेलबाट १८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट