राष्ट्रपतिबाट टीका ग्रहण-Sutra News

राष्ट्रपतिबाट टीका ग्रहण

सोमबार, १० कार्तिक २०७७

सोमबार, १० कार्तिक २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।



राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट