राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्रीलाई टीका-Sutra News

राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्रीलाई टीका

सोमबार, १० कार्तिक २०७७

सोमबार, १० कार्तिक २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दशैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।



त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला लगाइन् ।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन् ।

उनले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दशैँको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट