आइएस, तालिबानका नेताहरु गिरफ्तार-Sutra News

आइएस, तालिबानका नेताहरु गिरफ्तार

सोमबार, १० कार्तिक २०७७

सोमबार, १० कार्तिक २०७७

काबुल- अफगानी सेनाले तालिबान र इस्लामिक स्टेट समूहका नेताहरुलाई पूर्वी नानगारहार प्रान्तबाट गिरफ्तार गरेको छ ।



प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीका अनुसार आइएस र तालिबानले नियुक्त गरेका दुई जना उप जिल्ला गभर्नरहरु गिरफ्तार भएका हुन् ।

सेनाले गरेको विशेष अभियानमा आइएसका प्रचार अधिकारी पनि जीवितै पक्राउ परेको प्रवक्ता खोग्यानीले बताए ।

खोग्यानीले नजयान जिल्लामा सेनाले गरेको प्रतिरक्षात्मक कारबाहीमा छ जना थप तालिबान लडाकू मारिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट