बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु-Sutra News

बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

काठमाडौं- रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत् थप दुइ जनाको मृत्यु भएको हो ।



लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती सवा ८ बजे र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले उपचारका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए । स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि महिलालाई सोमबार बिहान अस्पताल भर्ना गरिएकोमा साझ मृत्यु भएको गौतमले बताए ।

पुरुष भने कार्तिक ७ गतेदेखि नै अस्पताल भर्ना भएका थिए । उनलाई ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट