कोरोना बढेपछि स्पेनमा राष्ट्रिय आपतकाल-Sutra News

कोरोना बढेपछि स्पेनमा राष्ट्रिय आपतकाल

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

एजेन्सी- स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ ।



महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन् । यो नियम आइतबारदेखि लागु भएको हो ।

घोषित आपतकाल अनुसार स्थानीय अधिकारीहरुले आन्तरिक भ्रमणमा प्रतिबन्ध लगाउन पाउने छन् ।

नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भए पनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

महामारीको पहिलो चरणमा स्पेन नराम्रोसँग प्रभावित भएको थियो । अहिले फेरि स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु भएको छ । इटाली, फ्रान्स, बेलायत, जर्मनीसहितका देशमा अहिले संक्रमण बढ्दो क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट