तोकियो भारतीय सेना प्रमुख नरभानेको नेपाल भ्रमण मिति -Sutra News

तोकियो भारतीय सेना प्रमुख नरभानेको नेपाल भ्रमण मिति 

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

काठमाडौं- भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । 



नेपाली सेनाको जंगीअड्डाका अनुसार भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन ।  

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो ।

भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट