चिनियाँ कम्युनिस्ट पार्टीले गर्यो बाबुरामको स्वास्थ्यलाभको कामना-Sutra News

चिनियाँ कम्युनिस्ट पार्टीले गर्यो बाबुरामको स्वास्थ्यलाभको कामना

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।



डा.भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी हिसिला यमीलाई कोभिड–१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । 

साथै पत्रमा डा.भट्टराईले केही दिन अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ ।

डा. भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट