चौधरीको निधनमा प्रचण्ड दु:खी-Sutra News

चौधरीको निधनमा प्रचण्ड दु:खी

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।



आज ट्वीटमार्फत उनले चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

सप्तरी, कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज निधन भएको हो ।

उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट