व्यावसायिक बाख्रापालनबाट उदाहरणीय बने ‘हेडमास्टर’-Sutra News

व्यावसायिक बाख्रापालनबाट उदाहरणीय बने ‘हेडमास्टर’

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

गलकोट- जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालका-८, सिगानाका एक शिक्षकले शिक्षण पेसासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् । 



स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उनी अहिलेसम्म अस्थायी हुन् । 

कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गरेका छन् । उनी बिहान– बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्छन् । दिउँसो उनकी श्रीमती लक्ष्मी कार्कीले सघाउँछिन् ।

यसरी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ । उनले बाख्रापालनका लागि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलोलगायतका डाँले घासको खेती समेत गरेका छन् ।

शिक्षक कार्कीको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्रा बोका छन् । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै लगेका छन् ।

बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गरेका कार्कीले हाल सम्म रु।चार लाख भन्दा बढी लगानी गरिसकेका छन् ।

शिक्षण पेसामा अस्थायी भएका कारण अवकाश हुँदा आर्थिक रुपमा केही नहुने भएपछि वैकल्पिक पेसा अगाँल्न थालेको उनको भनाइ छ । बोयर जातको स्वादिष्ट मासु र धेरै हुने भएकाले यसप्रति धेरैको आर्कषण छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट