पूर्वप्रमुख सचिव खनालको निधन-Sutra News

पूर्वप्रमुख सचिव खनालको निधन

बुधबार, १२ कार्तिक २०७७

बुधबार, १२ कार्तिक २०७७

काठमाडौं- तत्कालीन राजप्रसाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।



कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।

मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए ।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

काठमाडौंमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्वइच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट