कोरोना महामारीकाबीच बिहारमा पहिलो चरणको मतदान सुरु-Sutra News

कोरोना महामारीकाबीच बिहारमा पहिलो चरणको मतदान सुरु

बुधबार, १२ कार्तिक २०७७

बुधबार, १२ कार्तिक २०७७

एजेन्सी- भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ  । २४३ सिट रहेको बिहार विधानसभामा पहिलो चरणको मतदान सुरु भएको हो  ।  पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान सुरु भएको हो ।



७१ सिटका लागि जम्मा १ हजार ६६ जना चुनावी मैदानमा छन् । पहिलो चरणको मदतानमा २.१४ करोड मतदाता सहभागी हुने अनुमान गरिएको  छ ।

कोरोना महामारी सुरु भएयता भारतमा पहिलो पटक चुनाव हुन लागेको हो ।  मतदाताहरुका लागि जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट