नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु-Sutra News

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि हुँदैछ । बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको प्रशिक्षण आजदेखि हुने टीम व्यवस्थापक मधुसूदन उपाध्यायले बताएका छन् ।



नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ । मंगलबार मात्रै एन्फाले बंगलादेश टुरका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइसकेको छ ।

मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेको र नेपाल आउन समस्या भएपछि महर्जनलाई जिम्मेवारी दिएको हो । अघिल्लो वर्ष नोभेम्बरमा नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेल खेलेको थियो ।

नेपालले भुटानलाई न्युट्रल भेन्यु बनाएर नोभेम्बरमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको थियो। झण्डै १ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट