फ्रान्समा एक महिनाका लागि पुन: लकडाउन-Sutra News

फ्रान्समा एक महिनाका लागि पुन: लकडाउन

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

एजेन्सी- शुक्रबारबाट लागु हुने गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एम्यानुअल माक्राेँले डिसेम्बर १ तारिखसम्म लागुहुने गरि दोस्रो लकडाउनको घोषणा गरेका छन् ।



जारी गरिएको नयाँ प्रतिवन्ध अनुसार अत्यावश्यक काम र उपचारका लागि बाहेक घरबाट निस्किन नपाउने व्यवस्था गरिएको छ । रेस्टुरेन्ट बार बन्द गरिनेछ भने विद्यालय र फ्याक्ट्री  खुल्लै हुनेछन् ।

मंगलबारमात्र ३३ हजार नयाँ संक्रमित थपिएका फ्रान्समा एप्रिल यता कोरोनाका कारण मृत्यु हुनेको संख्या उच्च तहमा पुगेको छ ।

लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र पन्ध्र दिनमा पुन: निर्णय गरिनेछ ।

संक्रमितको संख्या बढ्दै गएपछि पहिलेको भन्दा संक्रमणको खतरा कठिन हुने भन्दै राष्ट्रपति  माक्राेँले देशले त्यो खतरा मोल्न नसक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट