साइबर क्राइमको आरोपमा पशुपतिनाथका भण्डारी केदारमान पक्राउ-Sutra News

साइबर क्राइमको आरोपमा पशुपतिनाथका भण्डारी केदारमान पक्राउ

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं– पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ परेका छन् ।



महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारी भण्डारीलाई प्रकाउ गरेको हो ।

प्रहरीले भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट बुधबार साइबर क्राइमको आरोपमा पक्राउ गरेको जनाएको छ ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलन कुमार थापालाई सामाजिक संजालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा प्रकाउ गरेको हो ।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए ।

पक्राउ पछि भण्डारीलाई छोडिदिन कोषाध्क्ष थापालाई नेता र अन्यबाट दबाब आएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट