रुसमा एकैदिनमा झण्डै १८ हजार संक्रमित-Sutra News

रुसमा एकैदिनमा झण्डै १८ हजार संक्रमित

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

एजेन्सी– रुसमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा बृद्धि हुँदै गइरहेको छ ।



सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना संक्रमित भएका थिए ।

रुसमा बिहीबारसम्म कुल संक्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना संक्रमित भएका थिए ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट