फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या-Sutra News

फ्रान्सको एक चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

एजेन्सी- फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 



निस शहरको नोट्रे डाम बासिलिकमा भएको यो घटनामा एक जनाको टाउको नै काटिएको छ । २१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर घाइते भएका छन् ।

केही दिनअघि ट्यूनिसियाबाट आएका ती आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजातसमेत रहेको प्रहरीले जनाएको छ ।

आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनामा इस्लामिक आतंकवादीको हात रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट