फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा-Sutra News

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

एजेन्सी- संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको छ ।



संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सो हमलाको निन्दा गरेका हुन् । उनका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले त्यसको विरोध गरेको जनाइएको छ ।

फ्रान्सको निस सहरमा बिहीबार चक्कुले हमला गरी एकजना व्यक्तिले तीन जनाको हत्या गरेको थियो । पछि उसलाई पनि पक्राउ गरिएको बताइएको छ ।

चक्कुले हमला गरी गरेको सो हत्या आतंककारी हमला हो भन्दै महासचिव गुटर्रेसले त्यसमा संलग्न भएका व्यक्तिलाई जतिसक्दो कडा कारबाही गरिनुपर्ने धारणा राखेका छन् ।

फ्रान्सको निस सहरमा रहेको एक चर्चमा बिहीबार चक्कु प्रहार गरी तीन जनाको हत्या गरिएको थियो । सो हमला आतंककारीद्धारा गराइएको हमला हो भन्दै यस्ता घटनाका दोषीदाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने उनले बताएका छन् ।

महासचिव गुटर्रेसले मृतकहरुका आफन्तहरुलाई समवेदना पनि प्रकट गरेका छन् । फ्रान्सको उक्त निस सहरमा यसअघि पनि आतंककारी हमला भएको थियो । त्यसमा परेर कैयौं नागरिकको ज्यान गएको थियो ।

फ्रान्सको निस सहरमा भएको ‘आतंकवादी’ हमलाका आक्रमणकारी यही महिनामात्र फ्रान्स आइपुगेको खुलासा भएको छ । २१ वर्षीय टुनिसियिन मूलका ब्राहिम औसाउई गत महिना शरणार्थीको डुङ्गा चढेर युरोप प्रवेश गरेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट