भारतमा संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु-Sutra News

भारतमा संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

एजेन्सी- भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ ।



भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ ।

परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट