क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त-Sutra News

क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त

शनिबार, १५ कार्तिक २०७७

शनिबार, १५ कार्तिक २०७७

एजेन्सी- स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । युभेन्ट्सका स्टार स्ट्राइकर रोनाल्डो शुक्रबार कोरोना संक्रमणबाट मुक्त भएको युभेन्टसले जनाएको छ ।



रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ । कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् ।

नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् ।

नेसन्स लिगअन्तर्गत स्वीडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट